दिल बिक्रम शाही , ३५२४ पटक हेरिएको

नेपाली सांगीतिक क्षेत्रमा प्रकाश सपुतले आफ्नै छुट्टै पहिचान बनाएका छन् । सपुतको अभिनयमा रहेको कमाउनेनि हो रमाउनेनि हो तिज गित युट्युबमा अप्लोड गरेको १० घण्टा नबित्दै ट्रेडिङमा परेको छ ।
नेत्र अर्यालले गरेको शब्द सिर्जनामा खेम सेन्चुरी ले संगित भएका हुन् । गितमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्री को आवाज रहेको छ । गितको म्युजिक एरेन्ज बिनोद बाजुराली ले गरेका छन् ।
रेकर्डिङ गोबिन्द पराजुली र सागर बाजुराली ले गरेका हुन् भने मिक्सिङ्ग खड्क बाजुराली ले गरेका छन् । आवाज सम्पादक राजेन्द्र बाजुराली ले गरेका हुन ।
उक्त गितको अडियो निर्माण मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । भिडियोम प्रकाश सपुत र जुना बिश्वकर्मा लगायतको अभिनयमा रहेको गितको भिडियो निर्देशन शंकर बि सी ले गरेका छन् । भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रा.लि युट्युब च्यानल म हेर्न सकिन्छ ।
प्रकाशित मिति: २०२३-०७-१२ , समय : २२:४०:३९ , ५ महिना अगाडि