तुला राम डाँगी क्षेत्रि , ९४६९ पटक हेरिएको

सल्यान / असार ,२९ – भारतको चण्डीगढमा नदीले बगाउदा दाङका नरेश वलीको मृत्यु |
रोल्पाको चालढुंगा देखि बसाइ सरि दाङको फच्कुलामा आएका रुप चन्द वलीका बर्ष ४७ का नरेश वलीको भारतको चण्डीगढमा नदीले बगाएर मृत्यु भएको छ |
बिगत २५ बर्ष देखि भारतको चण्डीगढमा बस्दै आएका नरेश वलीको २०८०/०३ /२५ गते सोमबार निधन भएको छ मृतक नरेश वलीको घरमा ३ छोरी र एक छोरा छन् | उनि ज्वैलरी दुकानको गाडी चलाउथे २५ गते सोमबार नरेश र उनका कान्छो भाइ लगायत आफन्तीहरु संग चण्डीगढ स्थित अमरावती नदि हेर्न अनि घुम्नलाई निस्केका थिए |
एक्कासि अमरावातिको ड्याम खोलिदा करिब बेलुकीको ५:४० को समयमा नरेश वलीलाई बगाएको थियो | उनलाई बचाउने आशयले उनका भाइ कविराज पनि नदीमै हाम फालेर करीब आधा कि.मि. सम्म पुगे तर दाइलाई बचाउन सकेनन नदीले बगाए लगतै सबै आफन्तीहरु उनको खोजि कार्य सुरु गरेका थिए |
२५ गते सोमबार बगेका नरेश २७ गते बुधबार बेलुकिको ६ बजे मात्र ३५ कि.मि. अगाडी मुबारकपुरमा मृत अबस्थामा भेटिएका छन् २९ गते भारतको पन्चुला सेक्टर ६ मा उनको पोष्टमार्टम गरि मनिमाजरा हाउसिंगबोर्ड नजिकैको समसानघाटमा दाहसस्कार गरिएको जानकारी उनका ज्वाई नाता भिम डाँगीले बताए |
प्रकाशित मिति: २०२३-०७-१४ , समय : १३:१८:०५ , ३ महिना अगाडि