दिल बिक्रम शाही , ६३६८ पटक हेरिएको

जाजरकोटमा जन्मेका सुनाम काठमाडौलाई कर्म थलो बनाउदै आएका छन् । नेपाली गितसंगितमा लामो समय निरन्तरता दिदै आएका सुनाम आफैमा गायक सर्जक म्युजिक एरेन्जर समेत रहेका छन् । राजु सुनाम को शब्द सिर्जना लय सिर्जनामा ´खराव सपना ` नामको गित सार्वजनिक भएको छ ।
सुनाम ले दर्जनौं गितहरु बजारमा सार्वजनिक गरि सकेका छन । सुनाम का मिलियन भ्युज गएका चर्चित गित हरु हिजो राती के के भो के के , पिरतिको घर बनाउ स्याना ,बाचेर पो पाइदो रैछ दर्शन ,कुरा बुझी सके , झरी बनी आउन,मन परेको मान्छेले भाउ खायो ,छुनुमुनु , टीका राम्रो दहिले लगायतका गितका शब्द सिर्जन संगित साथै म्युजिक एरेन्ज समेत रहेका गित हुन् ।
गितका शब्द सुन्दै थाहा हुन्छ कि आफ्नो मायालु को पिर र चिन्ता ! नराम्रो सपना देख्दा मन आत्तिनु र आफ्नो मायालाई केही हुन्छ कि भन्ने डर को भाव मनमा त्रास आएको गित सुन्दा थाहा हुन्छ । आफ्नो मायालु लाई केही नहोस् भनी सिग्रस्वास्थ्य लाभको कामना गरेको गितका शव्दहरुमा छन् ।
गितमा हेमन्त कान्छा रसाइली र शान्ति श्री परियारको आवाज रहेको छ । गितको म्युजिक एरेन्ज राजु सुनाम ले गरेका छन् मिक्सिङ्ग एचबिएन किस्मतले गरेका हुन । रेकर्डिङ बिमल छिनाल र बिनोद परियारले गरेका छन । गित 1 DB HD स्टुडियो मा निर्माण गरिएको छ ।
गितको भिडियो हेर्न :-
प्रकाशित मिति: २०२३-०७-१५ , समय : २१:३९:३८ , ५ महिना अगाडि