भुमिका गिरि को तिज गित ´उजेली जुनेली` टिकटोक देखि युट्युव सम्म चर्चामा

दिल बिक्रम शाही , ३९९२  पटक हेरिएको

तिज नजिकिए सँगै दिनानु दिन तिजका गितहरु बजारमा एक पछि अर्को सार्वजनिक भएका छन् । कोहि गितहरु युट्युवको ट्रेनिङ भित्र परेका छन त कोहि पर्ने क्रममा छन् । यसै क्रममा भुमिका गिरि को तिज गित ´उजेली जुनेली ` गितको भिडियो सार्वजनिक भएको छ ।

गितमा बिदेशमा बसेर आएको यर्थाथ लाई पोखिएको छ । जुनेली तलाई त सुख्खै होला मलाई त दुखै दुख शव्दले भरिएको गित अहिले टिकटोकमा भाइरल भएको छ । नेत्र अर्यालले गरेको शब्द सिर्जनामा खेम सेन्चुरी ले संगित भएका हुन् ।

गितमा भुमिका गिरि र सुनिता बुढा क्षेत्री को आवाज रहेको छ । गितको म्युजिक एरेन्ज सुदिप सागर ले गरेका छन् । रेकर्डिङ कमल र किरण ले गरेका हुन् भने मिक्सिङ्ग श्यामसुइट रसाइली ले गरेका छन् ।

उक्त गितको अडियो निर्माण पृज्मा रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । भिडियोम हल्का रमाइलो सिरियलकि चर्चित पुजन घिमिरे पुकु ,भुमिका गिरि र दिप सागर लगायतको अभिनयमा रहेको गितको भिडियो निर्देशन स्मृति तिमिल्सिना गुरुआम ले गरेकि छन् । भिडियो भुमिका गिरि युट्युब च्यानल म हेर्न सकिन्छ ।


प्रकाशित मिति: २०२३-०७-१६ , समय : २३:१९:४६ , २ महिना अगाडि