मेयर बालेन साह मन्त्रालयमै पुगेर मन्त्री मोदीसँग गरे छलफल

सल्यान परिबेश डट्कम , ४५९३  पटक हेरिएको

सल्यान /  साउन, १

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीसँग छलफल गरेका छन् ।

सोमबार मन्त्रालयमै पुगेर बालेनले मोदीसँग छलफल गरेका हुन् । बालेनले मन्त्री मोदीलाई महानगरको जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या राखेका थिए ।

बालेनले मोदीलाई सहयोगका लागि आग्रह गरेका हुन् । सोमबार नै ककनीका स्थानीयले फोहोरका गाडी रोकेका छन् । मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताए ।


प्रकाशित मिति: २०२३-०७-१७ , समय : १९:४७:४४ , २ महिना अगाडि