गीतकार दिलिप योञ्जन तामाङ्गको शब्द रचनामा रहेको ‘युगौ युग सगँ सगैं बाँचौला‘को रेकर्डिङ्ग सम्पन्न

Roshan Pokharel , १४१७  पटक हेरिएको

काठमाण्डौं ।
गीतकार दिलिप योञ्जन तामाङ्गको शब्द रचनामा रहेको तामाङ्ग सेलो‘युगौ युग सगँ सगैं बाँचौला‘ गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । गीतमा सुरेश लामा र गायिका अन्जु लामा तामाङ्गको स्वर रहेको छ । युवा युवती विचको माया प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । मौलिकपनको आभास दिने किसिमको गीत बनेको गीतकार योञ्जनले बताए । योञ्जनका हाल सम्म ४ दर्जन भन्दा वढी गीतहरु बजारमा सर्वाजनिक भैसकेका छन । नेपाली माटो र मौलिक पनलाई जर्गेना गर्ने योजनाको साथ गीत निमार्ण गरिएको हो । गीतको भिडियोलाई आस्था मिडियाको अफिसियल मार्फत छिटटै सार्वजनिक गरिने समेत उनले बताए ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : ०७:५१:२६ , ५ महिना अगाडि