सल्यान परिवेश डट्कम , ३९५८ पटक हेरिएको

सल्यान / साउन, ४
आज सुनको मूल्य हालसम्मकै महंगो मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीले पनि ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।
चाँदी हालसम्मकै महँगो मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०७-२० , समय : ११:४५:४४ , ५ महिना अगाडि