सल्यान परिबेश डट्कम , ४३३८ पटक हेरिएको

सल्यान / साउन, ५
२०८० साउन ४ गते राति करिब १२:३० बजे दाङ तुलसीपुरको नयाँ बसपार्कमा पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।
बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले बताए ।
प्रकाशित मिति: २०२३-०७-२१ , समय : २२:०७:०४ , २ महिना अगाडि