दिपेन्द्र थापामगर सुर्खेत संवाददाता , ४३५१ पटक हेरिएको

सुर्खेत ०६ श्रावण । नेपाली कांग्रेस काे संस्थापक नेता तथा नेपाली ईतिहासका पहिलाे जन निर्वाचित प्रधानमन्त्री स्वर्गीय बिश्वेश्वर प्रसाद काेईराला आज हामी सामु हुनुहुन्न तथापि आज नेपाली समाजले बर्षमा तीन तीन पटक सम्झने एक मात्र नेपाली महान व्यक्ति हुनुहुन्छ महामानव बिश्वेश्वर प्रसाद काेईराला । विशेष गरेर हामीहरु उहाँ लाई जन्म दिनकाे दिन भाद्र ४, मेलमिलाप दिवस पाैष १६ र श्रावण ६ गते यस धर्तिबाट बिदा हुनु भएको दिन स्मृति दिवसकाे रुपमा यसरी तीन दिन हरेक वर्ष सम्झने गर्दछाै ।
यहि तालिका अनुरुप ४१औं स्मृति दिवसकाे उपलक्ष्यमा आज देशैभर विविध कार्यक्रम गरि मनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यालय बाट भएको निर्देशन अनुसार ७७ वटा जिल्ला, १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश निर्वाचन क्षेत्र, ७५३ पालिकामा स्मरणीय युक्त कार्यक्रम गरि उहाँ प्रति श्रद्धा व्यक्त गर्दै छाैं ।
नेपाली राजनीतिक ईतिहासमा प्रजातान्त्रिक समाजवाद र साहित्य सेरोफेरोमा प्रयाेगबादी मनाेविश्लेषक मुलतः नेपाली समाजकाे एक प्रगतिशिल तथा गतिशील अभियान्ता हुनुभएकाे कुरा नकार्न सकिँदैन। बिक्रम सम्बत २०१२ सालमा नेपाली काँग्रेस पार्टीले उनै महामानव बिश्वेश्वर प्रसाद काेईरालाले चिन्तन गर्नुभएकाे आदर्श प्रजातन्त्र बिनाकाे समाजबाद कल्पना समेत गर्न सकिदैन भन्ने सारत्वलाई पार्टीको बिधानमा समावेश गरिएकाे देखिन्छ भने नेपालकाे राज्यव्यवस्था संघिय लाेकतान्त्रिक गणतन्त्र तर्फ उन्मुख भईसके पछि नयां संविधानमा त्यही शब्दार्थ छ।
जुन समाजबाद उन्मुख राज्य, नेपालकाे हालकाे राज्य व्यबस्था प्रणालीमा सबै भन्दा महत्वपुर्ण दुईवटा प्रसङ्ग जाेडिएकाे देख्दछु ।
१) समाजवाद उन्मुख शासन प्रणाली २) संघियता
यसरी सरासर अध्यायन गर्दा मलाई लाग्छ गणतन्त्र भनेकाे संघियता हाेईन, संघियता गणतन्त्रमा मात्र हुदैन संघियताले स्वायत्त शासनका लागि केही सिमा भित्र रही तहगत राज्य प्रणालीलाई स्विकार गरिएकाे हुन्छ भने समाजबाद राज्य प्रणालीमा समाज नै केन्द्र बिन्दु हुन्छ, हामी अहिले यिनै आदर्शकाे प्रयाेगकाे रुपमा हरेक कृयाकलाप गर्दैछाै भने २०औंशताब्दी तिरकाे हिटलर र स्टालिनकाे समाजबाद पनि अध्यायन गरिसकेका छाै, शाेभियत सँघ, चीन, क्युबा, उत्तर काेरिया, भियत्नाम, पाेल्याण्ड, पुर्वी जर्मनी, चेकाेस्लाेभाकिया लगायतका देशहरुकाे समाजबाद र पश्चिम जर्मनी सहित स्क्यान्डेािभियन देशहरुकाे समाजवाद सँगै उत्पत्ति भए र अपुर्व रुपमा बिकसित भए, यसर्थ सत्तामा जुनसुकै दल भए पनि समाजबादी कार्यक्रमवाट अलग हुन सक्दैनन् ।
आज चिनकाे समाजबादकाे अर्थ र युराेप सहितका देशहरुकाे समाजबादकाे अर्थ पक्कै पनि फरक छ र नेपाली माटाेकाे समाजबाद पनि फरक पाउनु पर्दछ, त्यसैले नेपाली माटाेकाे समाजबादलाई महामानव बिश्वेश्वर प्रसाद काेईरालाले प्रजातन्त्र सँग जाेडेर यसरी व्याख्या गर्नुभएकाे पाउछाै “समाजबादबाट प्रजातन्त्र झिकिदियाैं भने त्याे साम्यबाद हुन्छ र साम्यबादमा प्रजातन्त्रका गुणहरु समावेश गरेकाे बेलामा त्याे समाजबाद हुन्छ” ।
महामानव बिश्वेश्वर प्रसाद काेईरालाले परिकल्पना गर्नुभएकाे प्रजातन्त्रकाे सेराेफेराेमा रहेर माथि उल्लेखित समाजबादी राज्यव्यवस्था स्थापना अभ्यासकाे थालनी गरि १८ महिनाकाे शासनकालमा बि.पी. काेईरालाकाे नामनै नेपाली राजनीतिमा यस्ताे नाम स्थापित रहन गयाे, जसकाे जीवन बृतले प्रजातन्त्रको एउटा पुर्ण अर्थ आज सम्म दिई छाडेकाे छ ।
उहाँको जिबनकाे आराेह,अबराेहकाे ज्वलन्त उदाहरण स्वरुप हामीले अध्यायन गर्दा बिश्वेश्वर प्रसाद काेईरालाकाे पक्षमा लाग्नेहरु सिद्धान्त बचाउका लागि जीवन आहुती दिन तयार र बिपक्षमा लाग्नेहरु ज्यान लिन सधैं तयार तरबारकाे धारमा यसरी सधै जीवन जिउन बिबश महामानव बिश्वेश्वर प्रसाद काेईराला अझ के भन्नू हुन्थ्याे भने “खतरा पुर्ण जीवन पाे जीवन” अनि जहिले पनि दुख र पिडाले मात्रै जीवन बाँच्न प्रेरणा दिन्छ , यसरी जीवन भाेगाईका सास्वस्त उदाहरणहरुलाई आत्मसाथ गर्दै उहाँको जिन्दगी सधैं खतरापुर्ण र साहसकाे उदाहरणीय आदर्शकाे पात्र रहिरहयाे र जसकाे आदर्श प्रजातन्त्र त्याे पनि समाजमुखी जसलाई प्रजातान्त्रिक समाजवाद भनिन थालियाे, र बिधीकाे शासनमा मात्र जनताकाे कल्याणकारी राज्यकाे कल्पना गर्ने र आफ्नाे कल्पनालाई साकार पार्नकाे निम्ति जनताकाे साझा चाहानामात्र आदर्शकाे रुपमा ग्रहण गर्ने एउटा नायककाे रुपमा ऐतिहासिक बिराजमान हुनुभई सधैं जिउदाे रहिरहनु भएकाे छ भने नेपाल र नेपालीकाे प्रसँगमा प्रजातन्त्रकाे स्थापना, पुनः स्थापना र प्रजातान्त्रिक परीपाटिकाे स्थापना, संवर्द्धन, प्रवर्धन र संसदीय व्यवस्थालाई संस्कारजन्य बनाउने राजनीतिक सङ्घर्षकाे मुहानका रुपमा सम्झदा अन्यथा नहाेला । यस्तै यस्तै जीवन कहानीमै २०३९ श्रावण ६ गते उहाँको भाैतिक शरीर सधाकाे लागि याे पृथ्वी बाट बिलय हुन पुग्याे तथापि उहाँको सपना याे परिबेश सम्म आईपुग्दा साकार नभए पनि उहाँको मृतात्मालाई सम्झिएर श्रद्धासुमन गर्न थालेकाे ४०वर्ष पूरा भई ४१ औं स्मृति दिबस मनाईरहदा सिद्धान्त, आदर्श र निष्ठाका लागि जीवन भर अडिग रहने नायक भएरनै जननायककाे रुपमा हरेक नेपालीको हृदयमा बसेका हुन र आजका युवापिधिंका लागि पनि प्रजातन्त्रको पक्षमा बाेलिने र अभ्यास गरिने सिद्धान्तको प्रेरणाकाे स्राेत मानिनुहुन्छ ।
२०१६ सालमा बहुमतकाे संसदीय दलकाे नेता भई समाबेशी मन्त्रीपरीषदकाे प्रधानमन्त्री हुनुभयाे २०१७ साल पाैष १गते एउटा महत्वकाँक्षी राजाकाे बुटले बहुमतकाे राष्ट्रिय नेतालाई कुल्चदै बिना कारण जेल चलान गरियाे र प्रजातन्त्र काे हत्या भयाे तर कहिल्यै पनि जननायकले प्रजातन्त्रको बिरुद्ध खलनायककाे भुमिका निर्वाह गर्नु भएन प्रजातन्त्रको लागि शसस्त्र संघर्ष देखि स्वेच्छाले भारत निर्वासन त्यागी मेलमिलापकाे समन्वयकारी भुमिका देख्नु भई २०३३ साल पाैष १६ गते नेपाल प्रबेश गर्नु भई शान्ति पुर्ण आन्दाेलनले नेपालकाे
राजनीतिमा. गुणात्मक परिवर्तन ल्याएको देखिन्छ । जस्तैः २०३६, २०४२ सालका केही श्रृङखला र २०४६ साल हुदै क्रमागत उपलब्धिहरु भनेको संविधानसभा वाट प्राप्त संविधाननै हाे भने आगामी उपलब्धीहरुमा संविधान अनुसारको नयाँ नेपाल नै हुनेछ जहा लाेकतन्त्र, गणतन्त्र, संघीय स्वरूप र समावेशी चरित्रकाे शासकीय स्वरूप हुनेछ जसले अनन्त शासकीय उपाय लाेकतान्त्रिक समाजवाद तर्फ नै उन्मुख हुनेछ र उहाँको अमृत बाणि “ठुलो मानिस हाेईन, असल मानिस बन्नु पर्छ भन्ने भनाइ लाई आत्मसात गर्न सक्नु पर्छ।
हरेक नेपालीहरुकाे मानसपटलमा झन्झावत दिने गरि प्रजातन्त्रको पक्षमा एक्लो नायक आज उहाँको आदर्शलाई स्विकार्दै नेपाली कम्युनिस्टहरु पनि संसदीय प्रणालीमा देखिन पाएका छाैं याे नै उहाँको ठुलो विजयी हाे, तसर्थ हामीहरुले महामानव बिश्वेश्वर प्रसाद काेईरालाकाे ४१औं स्मृति दिवस मनाउँदै गर्दा भाषण र आदर्शमा मात्र सिमित नराखी व्यवहारमा देखाई नेपाली समाजमा प्रयोग सिद्ध गर्न याे ४१औं स्मृति दिवस सफल रहाेस, हार्दिक श्रदासुम ।
जय नेपाल ।।
लेखक महेन्द्र कुमार राना
नाैमुले गाउँपालिका,६ दैलेख
प्रकाशित मिति: २०२३-०७-२२ , समय : १४:००:१४ , ५ महिना अगाडि