नेपालबाट कुल्लु मनाली जाने यात्रुहरु बीच बाटोमै अलपत्र, दीपक डाँगी, बिर बहादुर द्वारा उद्धार

तुला राम डाँगी क्षेत्रि , ७४७७  पटक हेरिएको

सल्यान / साउन, ८

सन्तोषी यातायात सेवा प्रा.लि.को बसले कुल्लु मनाली जाने यात्रुहरुलाइ बनायो बीच बाटोमै अलपत्र ।

नेपाल बाट २५०० भारतीय पैसाको को टिकट काटेर मनाली सम्म पुराउने सर्त लियर नेपाल देखि छुटेको सन्तोषी यातायात सेवा प्रा.लि.को बस गन्तव्य सम्म नपुगी २२/०७/२०२३ का दिन २२ जना यात्रु हरुलाई साँझको ७ बजे आफ्नो गन्तव्यमा नपुर्याइ बीच बाटोमा अर्को बस चेन्ज गराइदिने बाहना बनाएर ड्राइभर भागेका थिए।


२२ जना यात्रु हरु अलपत्र परेको खबर पाएपछि तत्काल राज्य समिती उपाध्यक्ष दीपक डाँगी र राज्य सदस्य बिर बहादुर पुन स्थलगत पुगेर यातायात सेवा प्रा.लि. संचालक तथा मालिक लाई फोन मार्फत कुरा गरेर भारतको पन्चकुला देखी कुल्लु-मनाली सम्मको गाडी भाडा अनलाइन मार्फत मगाएर, गाडीको व्यवस्था गरेर कुल्लु-मनाली पठाउने कार्य गरेका हुन् । हाल यात्रुहरु आ-आफ्नो गन्तव्यमा पुगेर धन्यवाद ज्ञापन गरेको जानकारी राज्य समिती उपाध्यक्ष दीपक डाँगीले बताए।


यो हेर्नुहोस भिडियो क्लिप

राज्य समिती उपाध्यक्ष दीपक डाँगी र राज्य सदस्य बिर बहादुर पुन भन्छन सरी प्रवासी नेपाली यात्रुहरू लाई बीच बाटोमा अलपत्र पारेकोमा हाम्रो संघको गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपाली बस व्यवसयीहरुको यात्रु सेवा भावनालाई कदर गर्दछौं र उहाँहरुको व्यवसायको लागि सुभेक्षा पनि व्यक्त गर्दछौं। तर कतिपय बस व्यवसायीहरुले गर्ने यस्ता क्रियाकलापले यात्रुहरु लाई पर्न गएको असुविधाका लागि हामी मौन बस्न सक्ने छैनौं।



प्रकाशित मिति: २०२३-०७-२४ , समय : २३:१६:३४ , २ महिना अगाडि