सल्यान परिवेश डट्कम , २०८७ पटक हेरिएको

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा मृत फेला परेका हुन् ।
बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनी गएराति साढे १२ बजे पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।
होटलको तल्लो तलामा पासो लगाएर झुण्डिएको र होटल सञ्चालकको छोराले देखेर खबर गरेको उनले बताइन् । प्रहरीले अनुसन्धानका लागि होटल सञ्चालकलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०७-२५ , समय : ११:३५:५६ , ५ महिना अगाडि