सल्यानपरिवेश संवाददाता , १८९८५ पटक हेरिएको

श्रावण ०९ जाजरकोट । नेपाली समाजमा पछिल्लो समय जन्म उत्सव, विवाह ब्रतबन्धमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएका बेला जाजरकोटका एक जनाले आफ्नो जन्मदिनका अवसरमा मानव सेवा आश्रम सुर्खेतमा रहेका अनाथहरुलाई खाद्यन्न सहयोग गरेका छन् ।
साउन ८ गते परेको जन्मदिनको अवसरमा जाजरकोटको शिवालय गाउँपालिका–७ घर भई हाल बाहिरी देशमा कतारमा रहेका सन्देश बुढाले सुर्खेतमा रहेका अनाथहरुलाई खाद्यन्न सहयोग गरेका हुन् । उनले मंगलवार विभिन्न खाद्यन्न र फलफुल सामाग्री सहयोग गरेका हुन् ।
उनका लागि यो नयाँ होइन् उनले बिगतका बर्षहरुमा पनि धेरै नै सहयोग गर्दै आएका छन् । उनी आफ्नो जन्मदिनमा समाजमा रहेका असाहारा व्यक्तीलाई मलम लगाउने काममा तल्लिन हुँदै आएका छन् । उनी भन्छन् ‘जन्म दिनमा गर्ने खर्च अनाथ आमाबुवा ,दाजुभाइ तथा दिदी बहिनीहरुलाई थोरै भएपनि केही हदसम्म राहत मिल्ने भएकाले यस्तो सोच आफुमा आएको हो । उनले मानवताको सेवा गर्न पाउँदा आँफैलाई निकै खुशीको महसुस हुने बताएका छन् । जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई सहयोग गराएर मनको आनन्द मिलेको उनको भनाई छ ।
यस्तै मानव सेवा आश्रमका जिल्ला संयोजक सुजन गौतमले बुढालाई जन्मदिनको शुभकामना दिँदै सामाग्री सहयोग गरेकामा धन्यवाद समेत व्यक्त गरेका छन् ।
बुढाले सबैमा धन्यवाद ब्यक्त गर्दै सामाजिक संजालमा यस्तो स्टाटस छोडेका छन ।
जन्म दिन को शुभकामना दिने सबैलाइ धन्यवाद।फेसबुकमा आज आफ्नै कुरा ।।
बाँचाइको अर्को वर्षको पहिलो दिन,धन्नै आधा शतककै आसपास,वारे जिन्दगि।
जन्मदै मातालाइ शारीरिक पिडा पृथ्वीलाइ एउटा अर्को भार,हुर्किदै पिता लाइ मानसिक तनाव परिवारिक असन्तुलन र समाजिक बोझ।
जिवन सधै सिकाइको एउटा पाटो,जहिल्यै भोगाइको अर्को पाना अनेकौं अनेक उतारचढावहरु तमाम आरोह अबरोहका सबुत प्रमाण तर परिणाम शुन्य ।
यो यात्राका सफल हकदार मलाई यो सुन्दर धर्तीमा जन्मा दिने मातापिता,मेरो बुढा क्षेत्री स परिवार ,साथी भाइ,दिदी बैनी,आदरणीय गुरु हरु,परममित्रहरू, देश परिवर्तन गर्न हिडेका आदरणीय नेताहरू,सबै इस्टमित्र आफन्तहरु सम्पुर्ण शुभचिन्तकहरु, ज जस्ले सधै साथ दिनु भयो,सुख दुख मा सम्झाउनु भयो,हिम्मत र साथ सहास दिनु भयो,त्यस्तै गरि आजको दिन लाइ पनि विभिन्न माध्यम बाट खास बनाउनु भयो,सम्झिनु भो, आत्मियता देखाउनु भयो लाइ मात्रै होइन पर बाट हेरेर फरक्क मुन्टो बटार्नु भो मलाई राम्रो मान्नु भएन आफुले त हाल्नु भएन नै कसैले फोटो हालेकोमा पनि डाहा गर्नु भयो भने पनि कोइ बात छैन म तपाईं सबै सबैलाई कहिले बिर्सन सक्दिन सधै सम्झिने छु।सधै रिणि छु अति अभारि छु….उत्तिकै धेरै सम्मान गर्द्छु।
मेरो जिवनमा निजि र सामाजिक दुश्मनी कसैसँग छैन।रिस राग इवि र बदला वैरभाव कसैप्रति छैन।मेरो विरुद्ध जाने,विरोध गर्ने,रिस राख्ने,खुट्टा तान्ने र जहिले अँखा बाट रगत खसाल्ने मुख बाट बिष ओकल्ने, बिरोध लाइ कर्म ठान्ने,हिलो छ्याप्नलाइ धर्म ठान्नेहरु लाइ पनि उत्तिकै सम्मान छ। म तपाईंको पनि मन जित्ने कोशिसमै रहनेछु तपाईं लाई आफ्नो बनाउन नसकेकोमा भने सधै सधै पशचताप छ ।ब्यक्तिगत र समाजिक क्षेत्र तर्फ भएका खरो टिप्पणी,कडा प्रस्तुति, न्याय समानता,सत्य र निशपक्षता को पक्षधरताले कतै चोट पुग्न गएको होला वा लम्पट भ्रष्ट कामचोर घुसखोर चाकडिवाजहरु सगको प्रतिवादमा तिक्तता भएको जरुर छ।म यो पनि भन्दिन मैले गल्ति नै गर्दैन।मेरा कम्जोरि नै छैनन्।जरुर छन,मानविय कमजोरी म सग पनि छ। म सबै सम्झिरहेको छु।भएका गल्ति कमिकम्जोरि प्रति प्रयाशिचत मात्रै गर्न सक्छु।आगामी दिनहरूमा ति गल्ति नदोहोरिउन म सचेत हुन चहान्छु..
थाहा छैन जिवनको यो गति कहिले र काहानेर पुगेर रोकिने छ अनि तपाईं सबै सग सदाको लागि बिदा हुनेछ।यो दिन देखि त्यो दिन सम्म यत्ति भन्न चहान्छु गलत नहोस,नराम्रो नहोस,जति हुन्छ जे हुन्छ राम्रो होस?राम्रो गर्नु सकु तपाईं सबैको हुन सकु।यि कुरा केवल फगत गफले मात्रै हुने होइनन् मेरो कर्म पनि त्यहि मुताविक होस बस…
तपाई सबै सबैलाइ धेरै सम्झेको छु।सम्मान गर्छु उत्तिकै। आज बिशेष दिन लाई झन बिशेष बनाईदिनु हुने तपाईं हरु फेरि पनि हार्दिक आभार सहित धेरै धेरै धन्यवाद छ।।❤️❤️🙏🙏
प्रकाशित मिति: २०२३-०७-२५ , समय : १९:१६:४५ , २ महिना अगाडि