सल्यान लाइ चिनाउनकै निमित्त, सल्यान कपुरकोट , छोडि गयो बैगुनी मायाले दिलमा लाग्यो चोटका गायक पवन वली संगका कुराकानी

Salyan Paribesh , २२८५  पटक हेरिएको

सल्यान / फाल्गुन ९ –  तुला राम डाँगी क्षेत्रि

सल्यान लाइ चिनाउनकै निमित्त, सल्यान कपुरकोट , छोडि गयो बैगुनी मायाले दिलमा लाग्यो चोट,यस्तै गरी सल्यानी टप्पा जस्ता सल्यानलाई चिनाउने थुप्रै गितहरु गाएका बागचौर नगरपालिका वडा न:११ सल्यानमा जन्मिनु भएका सर्जक तथा लोक दोहोरि गायक पवन वलीले दर्जनौ एल्बमहरु गरिसक्नु भएको छ। र अझै पनि उहा अहिले अमेरिकामा बस्दै आएपनि थुप्रै गितहरु गरिसकेको र आफ्नो जन्मथलो अनि लोक संगीत लाइ उत्तिकै माया गरेको बताउनु भएको छ ।

प्रस्तुत छ सर्जक तथा लोक गायक पवन वली संग सल्यानपरिवेशका रिपोटर लाल ब. महतारा क्षेत्रि संगको कुराकानी :

 ?️पवन वलिको जन्म कहाँ कुन ठाउँमा भयो?

मेरो जन्म बागचौर नगरपालिका वडा न.११ सल्यानमा भएको हो।

?️ यो लोकगित संगितको यात्रा कसरी सुरु भयो?

म सानैदेखि  कक्षा१ मा पढदा देखि मैले गित हरु गाउने गर्दथे र प्रतियोगिताहरुमा पनि प्रथम हुन्थे। मेरो गितलेख्ने गाउने सानैदेखिको रुचि थियोे।

?️  हजुरको पहिलो पटक रेकर्ड भएको लोक गित कुन हो?

 मेरो पहिलो रेकर्ड भएको गित रापतिको भेल हो! तेसपछि फुलसिमिको पात,बहुचर्चित गित बुटवल बसपार्क,सल्यान कपुरकोट, गरिबको जिन्दगी भाग १ यतिआदि हुन।

?️  यो गित संगीतको यात्रा हुदै गर्दा देश छोडेर अमेरिका किन जानुभयो भन्ने प्रस्नमा के भन्नुहुन्छ?

म अमेरिका बसेपनि यो गित संगीतको लागि देशमा नै बस्नुपर्छ भन्ने छैन। अमेरिका बसेपनि नेपाली गित संगितलाई बाहिर भएपनि कला संस्कृति लाइ निरंतरता दिइरहेको छु। मेरो गित माछि बस्यो खोलिको लेउ लेउमा ५०/५३ लाख दर्शकहरूले हेरिसक्नु भएको छ। भनेपछि अहिलेका नयाँ प्रतिभाहरु सग नि सहकार्य गरिरहेको छु। र पवन वलिका सिर्जनाहरु युटुब बाट पनि लोकप्रियता पाइरहेका छ्न।

?️ अहिले अमेरिका हुदा पनि उहिले रोधि बसेको आफ्नै बनपाखा उकाली ओरालि गर्दाका तिपलहरु आफ्नो जन्मथलोको कति माया लाउछ हजुरलाई?

 एकदमै राम्रो प्रश्न गर्नुभयो साच्चै नै म सल्यानकै संस्कृति परम्परामा रमेर एक गाउबाट अर्को गाउ गएर रोधि दोहोरी गाउने गरिन्थ्यो। सल्यान गाइने टप्पा गितहरु बाट उत्साही हुदै यो गित सगितमा लागेको हु!
लोकगित संगीतमा मेरो अति नै रुचि थियो।
त्यसैगरी आफ्नै परिवेश लाई समेट्ने गित लेख्नुपर्छ गाउनु पर्छ भन्ने लाग्यो अनि सल्यान कपुरकोट गित गाएको गाए। धेरै ले मनपनि पराइदिनुभयो। आफ्नो ठाउको असाध्यै माया लाग्छ।

?️ नव सर्जक एवम् प्रतिभाहरु लाई के सल्लाह दिन चाहनुहुन्छ?

तेतिबेला हाम्रो सल्यान बाट धेरै सर्जक गायक हरुहुनुह्न्न थ्यो। खडग दाई अनि लिलावति भाउजुहरु लाई देख्ने गरिन्थ्यो। मध्यपश्चिम बाट आएर गित रेकर्ड गर्ने ट्रेन थिएन नव सर्जक हरुलेआफ्नो मेहनत गर्नुभयो भने सफल बन्नुहुने छ। कला संस्कृतिको संरक्षण हुनेछ।

?️अन्तमा आम दर्शक स्रोताहरु लाई के भन्न चाहानुहुन्छ?

सर्बप्रथम त सल्यान परिबेश लाइ धन्याबाद दिन चाहन्छु  यसरी कुरा गर्ने मौका मिलाइदिनुभयो। सिर्जनालाई मनपराइ दिनुभयो तपाइ सब्बै दर्सकलाई धन्याबाद । मलाई पवन वलि भनेर चिनाउनु भयो। मेरो माछि बस्यो गित अत्याधिक मनपराइदिनु भएको छ। Pawan Oli युटुब च्यानल लाइक कमेन्ट सब्सक्राइभ गर्नुहोला।धन्यवाद!

 

प्रकाशित मिति: २०२२-०२-२१ , समय : १७:५९:२३ , २ वर्ष अगाडि