नविन पीएम , ३१२० पटक हेरिएको

सल्यान / साउन, ११
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजार देखि वडा न.३ को पोखरा, औलबेशी हुँदै वडा न. -२ को बामे जोड्ने सल्ली बामे सडकखण्ड अन्तर्गत चिउरीगैरा नजिकै घाटिगौरा भिरको सडक निर्माणको काम अन्तिम चरणमा पुगे संगै करिन ७/८ महिना देखि अबरुद्ध उक्त सडक आज बुधबार बाट सुचारू भएको छ ।
आज मेयर कर्ण बहादुर बुढाथोकी , उम मेयर पुरुष्तोम आचार्य, इन्जिनियर महेश देबकोटा ,सब इन्जिनियर हस्त भन्डारि , योजना शाखा अधिकृत धर्मराज ढकाल ६ न. वडा अध्यक्ष गनेश बिसि लगायतको टिमले स्थलगत अनुगमन गरे संगै सडक सूचारु भएको हो ।
अब सामान्य लेभल मिलाउन मात्रै बाकी रहेको र उक्त काम पनि छिटै हुने बताएको छ । लामो समयको अन्तराल पछि अब २ र ३ नम्बर वडाका नागरिकले सहज यात्रा गर्न पाउने भएका छ्न ।
प्रकाशित मिति: २०२३-०७-२७ , समय : १५:५१:४४ , ४ महिना अगाडि