भागीरथ र सुनिताको आवाजमा तिज गीत ‘मायाले त होला’ सार्वजनिक ( भिडियो सहित )

दिल बिक्रम शाही , १५९८  पटक हेरिएको

श्रावण ,१२ सल्यान ।

लोक तथा दोहरी गायक सर्जक भागीरथ चलाउनेको यो वर्षको तिज गीत ‘मायाले त होला’ सार्वजनिक भएको छ। चलाउने सल्यानमा जन्मिएका हुन् । चलाउनेले लोक तथा दोहरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल एक अब्बल गायक सर्जकको रुपमा चिनिएका छन् । पछिल्लो समय चलाउनेका तिज गीतहरू बजारमा निकै चर्चामा रहेका छन ।

उनका चर्चित तिजगित हरु झम-झम झम्काना, थोपडाले धोका दियो बरिलै , धुलो उराइगो , नरिसाउन कान्छू , जय शिव भोला ,राडोको घडी लगायतका थुप्रै तिज गितहरु बजारमा छन् । अघिल्लो बर्ष झम-झम झम्काना बर्षकै उत्कृष्ट तिज गितमा रहेको थियो । गीत संगीतकै निरन्तरतामा भागीरथ चलाउनेले फेरि अर्को तिज गीत ´ मायाले त होला ` तिज गित सार्वजनिक गरेका छन् ।

गीतमा भागिरथ चलाउने र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका सुनिता बुढा क्षेत्रीको स्वर भरिएको छ । गीतको शब्द लय सिर्जना भागिरथ चलाउनेले आफैले गरेका हुन । गितको म्युजिक एरेन्ज बिनोद बाजुराली ले गरेका छन । रेकर्डिङ गोबिन्द पराजुली सागर बाजुराली ले गरेका छन भने , मिक्सिङ्ग खडक बाजुराली ले गरेका छन ।

गित मालश्री रेकर्डिङ स्टुडियोले निर्माण गरेको छ । मौसम हिमालिको उत्कृष्ट निर्देशनमा रहेको गीतको म्युजिक भिडियो भागीरथ चलाउने र अञ्जना बराईलिको अभिनयमा रहेको छ । भिडियो सम्पादक नवीन घर्ती मगरले गरेका छन् गीत भागीरथ चलाउने युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नको लागि:-


प्रकाशित मिति: २०२३-०७-२८ , समय : ०९:०५:२४ , ४ महिना अगाडि