दिल बिक्रम शाही , २५५४ पटक हेरिएको

श्रावण १३ ,सल्यान ।
गित संगितमा मोडल ,सर्जक पबित्रा न्यौपाने को तिज गित ´कलेजी कट्टकै ` सार्वजनिक भएको छ ।
तिजलाई नजिकिदै गर्दा उनको लय सृजना निर्माण भएको गित कलेजी कट्टकै सार्वजनिक गरेकी हुन् । न्यौपाने अस्टे्रलियामा बस्दै आएकि छन् । उनी अस्टे्रलियामा बस्दै आएपनि गितसंगितलाई निरन्तरता दिई रहेकी छन् ।
उनको अभिनयमा रहेको चर्चित गित दुरी टाढा छ लगायतका गित बजारमा छन् । अहिले भख्खर मात्र बजारमा आएको तिज गित ´ कलेजि कट्टकै ` गितमा चर्चित गायिका रचना रिमाल , अर्जुन सापकोटा र श्रीधर अधिकारी को आवाज रहेको छ । उक्त गितको लय सृजना पबित्रा न्यौपानेले गरेकि छन् । शव्द सिर्जना दिपेन्द्र खत्रीले गरेका हुन् ।
गितको म्युजिक एरेन्ज सुनिल बिश्वकर्माले गरेका छन् । रेकर्डिङ विमल र बिनोद ले गरेका हुन् भने मिक्सिङ्ग एचबिएन किस्मतले गरेका छन् । गितको अडियो 1 DB HD स्टुडियोमा निर्माण गरिएको छ ।
बिक्रम चौहान को कोरियोग्राफी र निर्देशनम रहेको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गुराँस ढकाल लगायतको अभिनय रहेको छ । भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन ।
भिडियो पवित्रा न्यौपानेको युट्युब च्यानलमा हेर्न सकिन्छ :-
प्रकाशित मिति: २०२३-०७-२९ , समय : ०९:३२:२१ , २ महिना अगाडि