नविन पीएम , ३३२९ पटक हेरिएको

सल्यान /श्रावण १३
सल्यानमा बाख्रा चराउन जङ्गलमा गएका एक बालकको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएकोछ
शनिबार दिउसोँ जिल्लाको शारदा नगरपालिका – ९ ढिकमुली बस्ने ११ बर्षिय अर्जुन बुढाथोकीको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको वडाध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
घर देखि करिब ५ सय मिटर टाढा रहेको सुनधारा सामुदायिक बनको पातेखोला भन्ने स्थानमा बाख्रा चराउन गएका बलकलाई माथीबाट अकस्मात खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।
कंप्यूटरमा शॉर्टकट कुञ्जीहरू प्रयोग गरि आफ्नो काम यसरि आसान बनाऊनुस
प्रकाशित मिति: २०२३-०७-२९ , समय : २२:०७:३४ , ४ महिना अगाडि