रियादमा आयोजित एनआरएनए साउदी अरबको नवौं महाधिवेशन सम्पन्न

तुला राम डाँगी क्षेत्रि , १०७७२  पटक हेरिएको

साउदीअरब ।

गैर आवासीय नेपाली संघ(एनआरएनए)राष्ट्रिय समन्वय परिषद,साउदी अरबको नवौं महाधिवेशन शुक्रबार सम्पन्न भएको छ।

शुक्रबार रियादमा आयोजित महाअधिबेशनबाट अध्यक्षमा अर्याल वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई , उपाध्यक्षहरुमा जेद्दाबाट राज कुमार गिरि, जिजानबाट कृष्ण कुमार श्रेष्ठ, अल कासिमबाट मनिष कोइराला र रियादबाट हेम सुबेदी, महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटवाल , कोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा,युवा संयोजकमा बिष्णु रावल ,महिला संयोजकमा लक्ष्मी थापा मगर, सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना ,अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले आईसिसि सदस्यहरुमा बिशाल कुमार श्रेष्ठ, राम बहादुर क्षेत्रि र दिपक रेग्मी निर्बिरोध निर्वाचित भएको छ।


उक्त कार्यक्रमको भिडियो

नेपाली राजदूतावास रियादको महामहिम राजदूत नवराज सुवेदीको प्रमुख आथित्व जेद्वा महावाणिज्यदूत शत्रुधन पोखरेलको विशिस्ट आथित्वमा ,साउदीमा सक्रिय राजनीति पार्टीका भातृ संगठन , जातीय संस्था ,सामाजिक संस्था ,एनआरएनको आईसीसी तथा एनसिसी बरिष्ट पदाधिकारी लगायत नेपाल समुदायको बाक्लो उपस्थितिमा र बिबिध सास्कृतिक कार्यक्रम सहित महाधिवेशन भब्यरुपमा समापन भएको थियो ।

केहि विवाद विच सम्पन्न महाअधिबेशनबट निर्वाचित अध्यक्ष अर्यालले एकता एनआरएनए र श्रमिक समस्यामा आफुले सकारात्मक भुमिका खेल्ने बताएकी छिन्।


तस्बिर- सुन्जित तामाङ्ग

तस्बिर- सुन्जित तामाङ्ग


तस्बिर- सुन्जित तामाङ्ग

तस्बिर- सुन्जित तामाङ्ग


तस्बिर- सुन्जित तामाङ्ग

तस्बिर- सुन्जित तामाङ्ग


तस्बिर- सुन्जित तामाङ्ग

तस्बिर- सुन्जित तामाङ्ग


 

उक्त कार्यक्रमको भिडियो

प्रकाशित मिति: २०२३-०७-३० , समय : ०९:०८:१४ , २ महिना अगाडि