तपाइको पनि नङ टोक्ने बानी छ भने यस्तो हुन सक्छ है

Salyan Paribesh , ४०३  पटक हेरिएको

कतिपय मानिसहरुको नङ् टोक्ने बानी हुन्छन् । उनिहरुले थाहा पाएर अथवा नपाएर नङ् टाकीरहेको हुन्छ । यसरी नङ् टोक्नाले मानिसहरुमा बिभिन्न कीसीमको समस्या समेत आउन सक्छ । चिकित्सकका अनुसार दातले नङ् टोक्ने बानी भएमा यस किसिमको बिभिन्न समस्याहरु आउन सक्छ ।

१ स्किन इन्फेक्शन

नंग टोक्ने बानीले स्किन इन्फेक्शन हुनसक्छ । पेरोनिशिया नामक इन्फेक्शनले नंगको वरिपरीको स्किन भित्र ब्याक्टेरिया जान्छ, जसबाट औँलामा रेड्नेस र स्वेलिंग हुने गर्छ ।

२. ब्याक्टेरियल इन्फेक्शन

यदि नंग सफा नभएको अवस्थामा साल्मोनेला र ई कोलाई जस्ता ब्याक्टेरिया जम्मा हुन्छ । नंग टोक्दा शरीरमा जान सक्छ, जसबाट ब्याक्टेरियल इन्फेक्शनको खतरा बढ्न सक्छ ।

३. पेटमा इन्फेक्शन

दिनहुँ नंग टोक्ने गर्दा नंगको ब्याक्टेरिया पेट सम्म पुगी पेटको इन्फेक्शनको खतरा बढ्छ ।

४.दाँतको समस्या

नंग टोक्ने बानीले फोहोर दाँतमा जम्मा हुनथाल्छ । यसको कारण दाँत कमजोर हुनथाल्छ र यसको नेचुरल आकार बिग्रिन थाल्छ ।

५.बाङ्गो नंगको समस्या

नंग टोक्ने बानीले नंगको आकारमा समेत समस्या आउन सक्छ । नंग टोक्नाले तल रहेको मैट्रीक्स नामक तह नोक्सान हुन्छ । यसको कारण नग बाङ्गो हुनथाल्छ ।

प्रकाशित मिति: २०२२-०१-१४ , समय : १९:५६:४४ , २ वर्ष अगाडि