सल्यान परिवेश डट्कम , १०१२१ पटक हेरिएको

साउन १६ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ ।
आज मंगलबार आएको सो मूल्य सूचीअनुसार डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको छ भने ग्यासको मूल्य घटेर आएको छ ।
भारतबाट डिजेलको मूल्य लिटरमा सात रुपैयाँ, पेट्रोल आठ रुपैयाँले बढेर आएको हो । यस्तै, मट्टीतेल लिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धन आठ रुपैयाँ ५० पैसाले बढेर आएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ ।
कति–कति घट्ला मूल्य ?
नयाँ मूल्य सूची आएसँगै अब खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँसम्मले घट्ने अनुमान गरिएको छ । नेपालमा स्वचालित प्रणाली लागू भएकाले अब भारतबाट आएको मूल्यसूची अनुरुप नै मूल्य घघबढ हुने नेपाल आयाल निगमले जनाएको छ ।
आजै साँझ निगमको बोर्ड बैठक बसेर नयाँ मूल्य निर्धारण गर्ने पनि बताइएको छ ।
प्रकाशित मिति: २०२३-०८-०१ , समय : १८:०७:३० , २ महिना अगाडि