माधव कुमार नेपाल करिब दुई साताका लागि युरोप भ्रमणमा

सल्यान परिवेश डट्कम , ७९५४  पटक हेरिएको

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले करिब दुई साताका लागि युरोप भ्रमणमा निस्किएका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार बिहान जेनेभा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।  उनी स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।

ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट नै उनी युरोप उडेका हुन् । हिजो आइतबार सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नेपाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।


नेपाल भदौ १ गते स्वदेश फर्किने उनको सचिवलायले जनाएको छ । अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति: २०२३-०८-०७ , समय : ११:३७:३२ , २ महिना अगाडि