रोल्पाबाट घोराही आउँदै गरेको बस तिला नजिकै दुर्घटना

सल्यान परिवेश डट्कम , ३८३७  पटक हेरिएको

रोल्पा, २३ साउन ।  रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको बस दुर्घटना ।

रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत तिला नजिक ऋचिमा सडक बाट करिव १०० मिटर तल खसेर दुर्घटना हुँदा अहिलेसम्म २ जनाको शव भेटिएको छ।

बसमा करिब १० जना यात्रु रहेको अनुमान गरिएको छ तर थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ |

यो पनि पढ्नुहोस –  रोल्पा दुर्घटना अपडेट: चार जनाको मृत्यु, १५ घाइते


तस्बिर - श्री बुद्धिमान वलि

तस्बिर – श्री बुद्धिमान वलि


प्रकाशित मिति: २०२३-०८-०८ , समय : १४:५४:२९ , ४ महिना अगाडि