तुला राम डाँगी क्षेत्रि , १५०२२ पटक हेरिएको

सल्यान/ साउन,२७
सदा झैँ यो बर्ष पनि सल्यानको कपुरकोट गाउपालिका ३ दमारखोलाले पनि लाखे प्रदर्शन गर्ने गरि गाठे मंगलबारको दिन लाखे निकालेर गाउ बस्ति र बजार तिर प्रदर्शन गरिरहेको छ।
पछिल्लो समय सल्यानमा लाखे नाच संरक्षणका लागि कपुरकोट गा.पा.का स्थानीयहरु जुटेका छन । बालख देखि युवा बृद्ध अग्रजहरु सबै एक जुट भएर विभिन्न मेला महोत्सब तिर लाखे लगेर नचाउदै जम्मा भएको केहि दानदक्षिना जम्मा गरि सामाजिक कार्य गर्दै आइरहेको छ।
लाखे भिडियो हेर्न यहा क्लिक गर्नुस
गत बर्ष हरुमा कपुरकोट तल्लो बजारमा र झाक्रिथानमा गरि दुइ वटा प्रतिक्षालय बनाएको थियो जसले गर्दा अहिले भारि बोकेर आवतजावत गर्नेलाई भारि बिसाएर थकान मेटाउन सहज बनेको छ । त्यस्तै गरि गत बर्ष नै कपुरकोट प्रबेश गेट निरको ब्रहा मन्दिरलाई पनि सहयोग गरेको थियो भने गाउघरमा पुजा बिहे पार्टी भोजमा ठुला ठुला भाडा वर्तनको आबशेकलाई मध्यनजर राख्दै धेरै भाडा वर्तन र कुर्सि हरु पनि जम्मा गरेको छ।

तस्बिर- प्रकाश डाँगी
यस बर्ष पनि लाखे प्रदर्शन गरि नया सामाजिक कार्य गर्ने कपुरकोट गा.पा.वडा सभापति प्रदिप खड्काले बताउनु भएको छ ।
लाखे केहो र यसको बिषेशता –
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुकुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । लाखे परम्परा काठमाडौं उपत्यका र नेपालभरका धेरै जिल्लाहरुतिर पाइन्छ ।
लाखे नाच साउन महिनाको गाठे मंगलबारको दिन निकालिन्छ र ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झदै विर्सजन गरिने परम्परा छ । कतिपय जिल्ला तिर नवमी देखिनै विर्सजन गर्ने गरेको पाइन्छ।

तस्बिर- प्रकाश डाँगी
कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरू गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झदै बन्दुक पडकाएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।
भैरवलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रक्रियाबाट जोगाउनु र रक्षा गर्नु हो । कथाअनुसार लाखेले हाम्रा साना-साना नानीबाबु हरूको रक्षाको दायित्व लिएको हुनाले लाखेलाई एक शक्तिशाली देवताको रूपमा पनि पुज्ने प्रचलन छ । देशका विभिन्न स्थानहरूमा नचाइने लाखे नाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदिइयोस् भनेर लाखे नाच नचाउने गरिएको कथाहरू पाइन्छ ।
लाखे भिडियो हेर्न यहा क्लिक गर्नुस
प्रकाशित मिति: २०२३-०८-१२ , समय : ०९:१२:४७ , २ महिना अगाडि