Salyan Paribesh , ५४३६ पटक हेरिएको

सल्यान/ फाल्गुन ९ / तुला राम डाँगी क्षेत्रि
आज किन यति धेरै तिम्रो याद आइरा छ ?
किन पोली रहेको छ मुटु ? किन जलिरहेको छ मन ? किन सताइराछ तिम्रो याद ले ?
सायद, . तिमि ले म बाट टाढिनुको कारण भनिदिएको भए यति धेरै तड्पाउने थिएन होला।
धोकेवाज…. (P) तिमि हराएको उजुरी बोकेर मैले बतास लाइ स्पर्श गरे , . जुन लाइ हेरे क्षितिजमा पनि मन उडाए तर सबै चुपचाप बसिदिए , . कहा जाउ म ? अब उजुरी बोकेर। कहा छौ तिमि ? के कारणले मबाट टाढियौ ? कसलाई पो सोधु ? को थियो र हाम्रो साची ? , यो पागल मन छामेर बस्छु मुटुको हरेक धड्कनमा तिमि लाइ पाउछु।
धोकेवाज…. (P) जुन समयले तिमि संग परिचय गरायो , त्यही समय ले नै बिर्सन बाध्य बनाउदो रहेछ। केवल बिछोडको पिडा र, रोदन ले सताएको छ , आशु नै जीवनको साथि बनाइ बाचन बिवस छु। तर पनि तिमि मा कुशलता को कामना गर्न सामाजिक संजाल को सहायता ले दुइ शब्द लेखन गैरहेको छु।
तिमीले त मलाइ भुलेउ होला है ? हुनत म सम्झिन लायकको नभएरै त म देखि टाढिएकि हुनु पर्छ। धोकेवाज…. (P) यता म न नजिउन सकेको छु नत मर्न नै सकेको छु। डर लाग्छ , लाश भएर जले भने त सबै कुरा सक्किजाने छ। तिमि अनि तिम्रा याद हरु मेटिजाने छन। तर कतै तिम्रो नाम जप्दै सडक पेटी मा झुम्लुंग दारी पालि होस गुमाएर बाचनु पर्यो भने ?
मैले मृतु सम्म को यात्रा तय गर्दा गर्दै तिम्रो प्रतिक्षा सधै रहिरहने छ। तिम्रो अभाव सधै खड्की रहने छ। मृतुको अन्तिम सास सम्म पनि तिम्रै नाम जपिरहने छु। तिमि मेरो पहिलो र अन्तिम प्रेम हौ , जुन प्रेम मैले तिमि संग गरेको थिए त्यो प्रेम मैले आज सम्म कसैसंग गरेको थिएन र अब गर्ने पनि छैन
शब्दमा मात्र लेखन सके तिमीलाई आफ्नो भाग्गे मा कहिलै लेखन सकिन।
मान्छे हरु किन भन्छन ? माया कहिलै नअस्थाउने घाम हो , अनि प्रकृति ले दिएको उपनाम हो कहिलै मेटेर मेटिदैन , कहिलै सुकेर जादैन , तर आज त्यहि माया मदेखि टाढा गयो , सारा सपना भताभुंग पारेर गयो। समय बदलिन्छ परिस्थिति कठिन बन्दै जान्छ। त्यस्तैमा जीवन खै कता मोडिन्छ , भएको आशा पनि मर्छ , निराशा ले डेरा जमाउछ। बाचने रहर हुदैन।
धोकेवाज…. (P) याद छ तिमीलाई त्यो दिनको पल ? एउटै बस अनि एउटै सिटको यात्रा त्यो पनि सबै भन्दा पछाडी को सिट , कपुरकोट को ओरालो खाल्टा खुल्टि परेको बाटो , अलिकति बस हल्लिदा पनि जानी जानी तिमीतिर ढल्किन्थे। कसैले देख्छ कि भनि लुकी लुकी तिम्रा त्यी कसिला बदन हरुमा हात फेरे को मलाइ अझै पनि याद छ। अझै पनि ताजै छन धोकेवाज…. (P) त्यी याद हरु अनि त्यी पल , बसको यात्रा सफल भएपछी दिनभरी संगै डुलेको अहिले जस्तै लाग्छ।
त्यो दिन तिमीले आफ्नो कोठा मा मलाइ बोलाएर ठुलो गल्ति गरेउ , किनकि त्यहि रात ले नै तिमि लाइ मदेखि टाढा बनायो। गल्ति त मेरो पनि हो , त्यसरी जान नहुने थियो , हुनत मलाइ केथाहा तिमीलाई मायाको खाचो होइन , यौन को खाचो छ भनेर। तिमि त यौनको भोगी रैछौ , यौन प्यास मेटाउन को लागी मात्र म संग माया को नाटक गरेकी रैछौ। त्यहि त बुझ्नु पर्यो नि है ?
खैर केहि छैन ; म भन्दा पनि राम्रो अनि तिम्रो प्यास मेटाइदिने खाल को पक्कै भेटेउ होला ? खुशी हुनु , तिम्रो खुशी नै मेरो खुशी हो। यसमा मलाइ कत्ति पनि दुख छैन , किनकि, म माथि केहि न केहि कमजोरी देखेउ र त म देखि टाढियौ। दुख त मलाइ त्यहा छ जुन तिमीले म देखि टाढिनुको कारण नबताएरै टाढियौ।
याद छ तिमीलाई त्यो रात केभाको थियो मलाइ ?
अह; के याद राख्थेउ र के पो बुझ्थेउ र मेरो मर्म , त्यो रात म बाच्छु जस्तो लागेको थिएन , भन्छन नि काल नआएसम्म मान्छे लाइ डुङ्गा मा लगेर पच्छारिदिए पनि त्यो जिवितै हुन्छ , त्यो दिन मेरो पनि काल आएको रहेन्छ।
खैर; त्यो रात जेजस्तो भएपनि भोलि पल्ट छुट्टीदा तिमीलाई भनेकै थिए , फागुन को २७ गते बेलुका को फलाइट छ मेरो २६ गते बिहानै म दाङ झर्छु , तिमि पनि आउनु , तिमीले पनि हुन्छ भनेउ , असाद्धै खुशी लाथ्यो। तर त्यो खुशी त केहि क्षण को लागि मात्र पो रहेछ।
त्यसपछि त बिस्तारै फोन गर्न पनि कम गर्दै गयौ , मैले गर्दा पनि बिजी छु मात्र भनेउ , मैले सोचे साचिकै बिजी नै छिन होला , सिधा मान्छे सोझै बिचार अनि बिस्वास गरिहाले। तर मेरो सोच गलत रहेछ। तिमि बिजी हैन मलाइ पन्छाउन खोजेकी रैछौ।
बिस्तारै म विदेश लागने दिन पनि नजिकिदै आयो , तिमीलाई याद दिलाउछु भनि फोन गर्न खोजे सम्पर्क भएन , थाहा छ ? तिम्रा दुइ वटै नम्बर बन्द थिए , एक दिन , दुइ दिन , तिन दिन भैसक्यो दिन मा हज्जार चोटि प्रयास गर्दा पनि लाग्दै लागेन।
नेटवर्क को खराबीले हो या मोबाइल बिग्रियो त्यसैले सम्पर्क हुन सकेन, तर भेट हुने दिन र मिति त पक्कै याद छ होला नि भन्ने सोच ले म २६ गतेको दिन बिहानै घर बाट निस्किए , किन कि तिमि लाइ भेट्न कै लागि , नत्र त मेरो टिकट बेलुकाको ७ बजे थियो।
तिमीलाई भेट्ने खुशी बोकेर दाङ आए , यता उति हेरे कतै देखेन , फोन लगाउछु जम्मै सुइचअफ मात्र भन्छ तिब्रगति ले मुटु को ढुक ढुकी बढ्न थाल्यो , भारि मन बनाएर एउटा होटेल मा छिरे झोला बिसाए एकछिन आराम गरे मन ले मान्दै मानेन , फेरी निस्किए त्यो मान्छे हरुको भिड मा तिमीलाई खोजन भौतारिदै चारै तिर नजर डुलाए , अह; तिमीलाई पाउन सकिन , खोज्दा खोज्दै बेलुकाको ७ बजेको पत्तै पाइन छु।
तिमीलाई भेट्ने आश त्यहीनेर थाति राखी, भारि मन अनि खसन नसकेका आशु र हातमा झोला बोकी काठ्माण्डौको नाइट बस मा चढे , हो , धोकेवाज…. (P) मलाइ अझै पनि याद छ त्यी दिन हरु अझै पनि झस्काई रहन्छ यो मन। दिनमा खसन नसकेका आशु रात परेपछि त मुसलधारे बर्षा झैँ बर्सिन थाले मन समाल्नै सकिन सारै छपटिए बसले खाना खाने ठाउ मा रोक्यो सबै जना खाना खान थाले तर मलाइ भने भोक नै छैन। यी नजरले तिमीलाई मात्र खोजन थाले त्यो मान्छे हरुको भिड मा , कसैगरी सम्हाल्न सकेन, कुनै उपाए नै देखेन यी नजर अनि छट्पटिएको मन लाइ सिथिल पार्ने।
एउटा मात्र उपाए देखे , ‘एल्कोहल’ खाना खाने टेबल मा बसे अनि वइटर लाइ भने मलाइ एउटा भर्जिन को हाप ल्याइदिनु न , वइटर ले भन्यो साथ मा सितन के ल्याइदिउ दाइ ? मैले केहि पर्दैन भाइ रक्सि मात्र देउ भने , किन कि मेरो लागि त्यो रक्सि संग सितन त तिम्रो याद थियो , त्यो एक अदिया रक्सि संगै तिम्रा याद हरु सितन बनाएर खतम गर्नु थियो , पानि कत्ति पनि नराखी त्यो अदिया सिसि रित्तियो , फेरी अर्को मागे, त्यो पनि त्यस्तै गरि तिम्रै यादका सितन हरु ले खतम गरे। बसका मान्छे हरु सबै अन्जान थिए सबैजना दंग परे, बिना सितन एक बोतल भर्जिन को खतम गर्नु कम्तिको कुरा होइन।
जति सम्म त्यो रक्सिको नसा ममाथि थियो त्यतिबेला सम्म तिम्रा याद हरु सबै त्यहि रक्सि संग सितन बनेर सकिएछन बेहोसी ताल मा सुते छु। काठमाण्डौ पुगन पुगन लागेको रहेछु लगभग बिहान को साढे दुइ या तिन बजेको थियो , नया नम्बर बाट मिसकल आयो , म संगै विदेश उड्ने साथि होलान सोचेर कल ब्याक गरे , तर त्यो तिमि थियौ , तिम्रो आवाज चिने पछि मलाइ बोल्न मन लागेन। बोलु पनि के बोलु ? बोल्ने शब्द जति सबै बस चढ्नु अघि नै छोडेर हिडेको मान्छे।
मलाइ सब थाहा छ धोकेवाज…. (P) त्यो दिन नया नम्बर बाट किन कल गरेकी हौ ?
म विदेश उड्ने दिन तिमीलाई याद रहेछ त्यसै ले त गयो कि यतै नेपाल मै छ भनि चेक गर्न लाइ नया नम्बर बाट मिसकल गरेकी हौ , यदि नेटवर्क मा कुनै खराबी थियो भने पनि त्यत्रो तिन तिन दिन सम्म हुदैन र दुइ वटै नम्बर मा कसरि भयो ? तिमीले मलाइ सब झुट बोलेकी हौ र अर्को कुरो नया नम्बर निकालेकी हु भनेर पनि झुट बोलेउ , ठिकै छ म मान्छु नया नम्बर निकालेउ , तर त्यो रातिको समय मा त पक्कै निकालेनौ होला दिन मै निकालि हौलि दिन मै मिसकल गर्न सक्थेउ ,एक छिन भए पनि भेट हुने थियो।
तिमीलाई भेट हुने मन नभएर त राति को दुइ तिन बजे कल गरेउ , त्यो पनि काठ्माण्डौ पुगनै लागे पछि , ठिकै छ अब त तिम्रो इक्षा पनि पुरा भयो नि है ? मलाइ पनि अब त तिमि संग भेट हुने इक्षा हरु जागेर आउदैनन। किन कि एक चोटि चोर ठहरिएको मान्छे, त्यो सदाको लागि चोर नै ठहरिन्छ।
धोकेवाज…. (P) तिम्रो याद न आउने होइन अझै पनि आउछ बेला बेला झस्काई रहन्छन त्यी तिमि संग बिताएका पल हरु ले , तिमीलाई भुल्न हजार कोसिश गरे मोबाइलको गेलरिमा भएका जति तिम्रा सबै फोटा हरु डिलिट गरे फोन नम्बर पनि डिलिट गरे, त्यति मात्र होइन म्यासेन्जरमा तिमीसंग गरेका च्याट हरु पनि डिलिट गरिसके भुल्न गारो भैरहेको छ तैपनि कोसिश गर्दै छु।
यति भनिरहदा यो नसोच तिमि , अब यो मेरै याद मा तड्पिएरै मर्ने भयो ,
‘अह’ म मर्दिन , उ पनि त बाचेकै छ , जसलाई मैले तिम्रो लागि छोडेर आएको थिए। उ जस्तै गरि मपनि बाच्ने छु।
जिन्दगीका मोड हरु धेरै छन तर त्यी कुनै मोडहरुमा पनि हाम्रो भेट नहोस , यदि भैहाल्यो भने पनि नजर जुधोस तर बोलि नफुकोस , अब त मेरो चाहना पनि यत्ति हो।
हो धोकेवाज…. (P) अब मेरो चाहना नै यत्ति हो ।। ।
अडियो भिडियो हेर्न र सुन्न को लागि तल क्लिक गर्नुस
उही तिम्रो माया ले घायल बनाएको मान्छे ,
तुला राम डाँगी क्षेत्रि
सल्यान कपुरकोट
हाल बिरानो बस्ति साउदी अरेबिया
प्रकाशित मिति: २०२२-०२-२१ , समय : २०:१९:४९ , २ वर्ष अगाडि