बाबू दिल बिक्रम शाही र हिरा थापा मगरको तिज गित सार्वजनिक ´बाबू को माया`

सल्यानपरिवेश संवाददाता , १२७३७  पटक हेरिएको

नेपाली साहित्यका मुक्तक विधामा चलिरहेको कलम गितसंगितमा चल्न थालेको देख्न पाईन्छ । तिजका गित संगित बजारमा दिनानुदिन सार्वजनिक हुने क्रममा जाजरकोटी सर्जक बाबू दिल बिक्रम शाही को ´बाबू को माया ` सार्वजनिक भएको छ ।

बाबू दिल बिक्रम शाही र डिल मिलन के.सी को शब्द सिर्जनामा संगित दल बुढाले भरेको उक्त गितमा चर्चित लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री , वीर खाण ठकुरी र गणेश कुमार वलि को स्वर रहेको छ ।

गितको अडियो मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । म्युजिक एरेन्ज बिनोद बाजुराली ले गरेका छन । रेकर्डिङ सागर बाजिराली र गोबिन्द पराजुली ले गरेका छन भने मिक्सिङ्ग खडक बाजुराली ले गरेका हुन् ।

बिष्णु भट्टराईको निर्देशनमा रहेको भिडियोमा टिकटक भाइरल गुल्मेली हिरा थापा मगर र सन्तोष शर्मा लगायतको अभिनय रहेको देख्न सकिन्छ । शिखर के सी को कोरियोग्राफी रहेको भिडियो सम्पादन बिष्णु भट्टराईले गरेका छन भने भिडियो निर्माण आशिष् फिल्मी द्वारा निर्माण गरिएको छ । भिडियो Apple Media Official युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १०:४४:०० , १ महिना अगाडि