काभ्राको सल्लेरी सामुदायिक वनमा बेवारिस लास फेला

सल्यान परिबेश डट्कम , ४६२०  पटक हेरिएको

सल्यानको त्रिवेणी १ काभ्रा सल्लेरीमा एक पुरूषको बेवारिस लास फेला परेको छ।

स्थानीय महाभारत सामुदायिक बनमा लास देखेपछि स्थानीयले काभ्रा प्रहरीलाइ जानकारी गराएका थिए ।

रामबजार देखि ७ किलो मिटर पुर्व दक्षिणमा रहेको घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीलाइ जानकारी आएपछि थप अनुसन्धानका लागि लुहामबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिएका छन ।

घटनाको विस्तृत विवरण प्रहरीलाइ जानकारी भएको छैन । मृतकको नाम, थर, वतन र घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । लासलाइ प्रहरी मुचुल्का पश्चात पोष्टमार्टमका लागि अस्पताल लिइनेछ ।


सल्यानको लाखे

प्रकाशित मिति: २०२३-०८-१६ , समय : १८:५१:३६ , १ महिना अगाडि