राजु सुनामको शब्द संगितमा जमुना सनमको तिज गित ´हान पैतली सुन्तली ` युट्युब देखि टिकटक सम्म चर्चामा

बाबू दिल बिक्रम शाही , १३७३३  पटक हेरिएको

हिन्दु नेपाली नारीहरुको महानचार्ड हरितालिका तिज नजिकिदै गर्दा ले यति बेला टिकटक युट्युब निकै नै तिजका गितसंगितले भरिएका छन् । यसै क्रममा ओइ सुन्तली टिकटकका कारण १२ बर्ष पछि चर्चामा आउदा जमुना सनमले राजु सुनामको शब्द संगितमा ओइ सुन्तली भाग २ हान पैतलि सुन्तली सार्वजनिक गरेकी छन् । आज बिहिवार श्रावण ३२ गते श्रावण अन्तिम दिनमा उक्त गित सार्वजनिक भएको छ ।

गितको पहिलो टुक्कामै सुन्न सकिन्छ ´कोहिका बुढा खराब हुने कोहिका बुढा असल,फुर्सद भए आउन यता कुरा काटौ पोइका ` तिजको बेलामा तिजको दर खान माइतिमा भित्रीन्छन दिदिबहिनीहरु यहीँ मौका पारेर आफ्नो बुढाको बयान गर्ने मेरो वुढा यस्तो उस्तो लगायतको मनका कुरा पोख्ने गरेको देख्दै आएका छौँ । निकै मिठास तिजका शव्दले भरिएको तिज गित ´हान पैतली सुन्तली ` जमुना सनम युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

राजु सुनामले गरेको शव्द संगित म्युजिक एरेन्जमा जमुना सनम , शान्तिश्री परियार र सलिना थापाको आवाज रहेको छ । अडियो मिक्सिङ्ग एचबिएन किस्मतले गरेका छन् भने गितलाई 1 DB_HD स्टुडियो बाट निर्माण गरिएको छ ।रेकर्डिङ बिमल छिनाल र बिनोद परियार ले गरेका छन ।

मादलमा खर्क बुढा र पोसान घर्ती मगर गितार सरोज बिष्ट सारङ्गी हेमन्त कान्छा रसाइली र फुल्टे रत्न बि.क ले बजाएका बाजाहरुले गितलाई झनै उत्कृष्ट बनाएको छ ।

स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशनमा चर्चित मोडेल अञ्जली अधिकारी ,बिना बिश्वकर्मा र लक्ष्मी थापा मगर लगायतको नाच देख्न सकिन्छ । सम्पादक मनोज कार्किले गरेका छन् ।

राजु सुनाम ले फेस्बुकमा गित शेर गर्दै लेखेका छन :
नमस्कार म यो गित को सर्जक,राजु सुनाम,मेरोत बुढाले रस्की खादैनन,(सुन्तली) भाग 2 को गौरव पुर्ण जिम्मेवारी मलाई सुम्पिनु भएकोमा बहिनी, जमुना सनम,लाई हृदय देखि धन्यवाद !!साथै यो कार्यमा जोडिनु हुने बहिनिहरु शान्ति श्री परियार, सुमन थापा,लाई बधाई तथा शुभकामना !(हानपैताली सुन्तली) हामिले यहाहरुकै चाहाना बमोजिम गरेकाछौ !
(सुन्तली)भाग 2 लाई मायागरेर हामिलाई भाग 3 पनि ल्याउने उर्जा थपिदिनु हुन्छ भन्ने आसालिएका छौ !
धन्यवाद!!

 

प्रकाशित मिति: २०२३-०८-१७ , समय : १७:३३:२५ , १ महिना अगाडि