कपुरकोट गा.पा.कर्मचारीहरु द्वारा पालिकाको परिसरमा रोपियका बिरुवाको गोडमेल तथा सरसफाइ

भाद्र ३ गतेदेखि कपुरकोट जागरण अभियान को औपचारिक सुरुवात हुने भएको छ

तुला राम डाँगी क्षेत्रि , ७९४२  पटक हेरिएको

सल्यान / साउन, ३२

कपुरकोट गाउँ पालिकामा कार्यरत कर्मचारीहरु द्वारा पालिकाको परिसरमा रोपियका बिरुवाको गोडमेल तथा सरसफाइ यबम काठपात को ब्यबस्थापन गरिएको छ ।

गाउँ पालिका मा कार्यरत कर्मचारीहरुको करिब ३ घन्टा को अथक मेहनत बाट परिसर सफा आकर्षक भयको र कपुरकोट सरसफाइ जागरण को सन्देश सम्प्रेषण भएको जानकारी उपाध्यक्ष प्रकाश भण्डारीले दिनुभएको छ ।


भिडियोमा क्लिक गर्नुहोस 

उक्त अभियानमा  प्रमुख प्रसासकिय अधिकृत भरत ओलि,ओडा नम्बर ३ अध्यक्ष प्रदीप खड्का , योजना तथा प्रसासन शाखा प्रमुख खगेन्द्र शाही, शिक्षा शाखा प्रा स रमेश कुमार आचार्य , आन्तरिक लेखा परिक्षक हुकुम ओलि, प्रहरी बल तथा बिपद इकाई प्रमुख डिल्ली ओलि,लेखा प्रमुख बिष्णु आचार्य ,जिन्सी इकाई प्रमुख रोमहर्स के सि,रोजगार संयोजक बिपना बुढा ,कृषि शाखा प्रमुख टीका राई, स्वास्थ शाखा प्रमुख सुबास हमाल,पशुपन्छी शाखा प्रमुख अरुणा भण्डारी ,महिला बिकास शाखा प्रमुख हिरा ओलि लगायत विभिन्न जिम्मेवारी मा कार्यरत कर्मचारी मित्रहरु जिबराज के सि, अपेक्षा दाहाल ,गेहेन्द्र के सि ,यमराज थापा , होताराम ओलि, देबा बुढाथोकी , मान बहादुर राना, केसर खड्का , कुमार डि सि, तारादेबी सेन, दुर्गा बि क , आकाश बुढा , बालिका सेन लगायतले साथ दिएको उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो  ।



कपुरकोट जागरण अभियान को ६० दिनमा सरसफाइ , बिरुवा रोपन र मर्मत सम्भार का छुट्टाछुट्टै  ६० काम सम्पन्न भएको र आगामी भाद्र ३ गतेदेखि कपुरकोट जागरण अभियान को औपचारिक सुरुवात हुने पनि भण्डारीले बताउनु भएको छ ।







प्रकाशित मिति: २०२३-०८-१७ , समय : २३:०९:२२ , १ महिना अगाडि