दाङबाट काठमाण्डौ छुटेको नाइट बस दुर्घटना २६ जना घाइते,सल्यानका ३ जनाको अवस्था गम्भीर

सल्यान परिबेश डट्कम , ४००४  पटक हेरिएको

धादिङ, भदौ २

शनिबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक तुलसीपुर दाङबाट काठमाडौं छुटेकाे बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस बिहान करिब ५ बजे अनियन्त्रित भई सडकको किनारामा पल्टिएको हो।

दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य घाइतेको उपचार ​मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा सामान्य उपचार पछि काठमाडाैं रिफर गरिएकाे छ ।

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान छत्रेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन,  ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बागचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ ।

त्यस्तै बस चालक काठमाडाैं चन्द्रागिरी नगरपालिका ३ का प्रताप लामा, रुकुम चाैरजहारी नगरपालिका १४ का प्रेम पुन र दाङ दंगिशरण गाउँपालिका १ का शिवलाल विक रहेकाे प्रहरीले जनाएकाे छ ।


प्रकाशित मिति: २०२३-०८-१९ , समय : १४:५५:४१ , १ महिना अगाडि