सल्यान परिवेश डट्कम , ८९५ पटक हेरिएको

‘द भ्वाइस अफ नेपाल सिजन ४’का विजेता करण राईको स्वर रहेको नयाँ गीत ‘पिरतीको मुस्कान’ सार्वजनिक भएको छ । लीला सेलिङ् माबोको शब्द रहेको गीतमा देवेश राईले संगीत तथा एरेञ्ज रहेको छ ।
गीतकार लीला र अन्जु सेलिङ् माबो निर्माता रहेको गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् । भिडियोमा गायक करण र गायिका नितु पुनको अभिनय देख्न सकिन्छ ।
एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको भिडियोमा मेरुना मगर र करण राई दुवै रोमान्टिक अवतारमा देखिएका छन् । गायक किरणले ‘पिरतीको मुस्कान’ आफ्ना फ्यानले रुचाउने बताए । भिडियोमा बुद्ध थापाको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन छ ।
प्रकाशित मिति: २०२३-०८-२१ , समय : ११:५९:५५ , ४ महिना अगाडि