रुकुमबाट नेपालगंज जाँदै गरेको १६ जना सवार फोर्स गाडी सल्यानको आगरखोलामा दुर्घटना

सल्यान परिवेश डट्कम , ४६३५  पटक हेरिएको

सल्यान / भाद्र, ४ 
रुकुमको नुवाकोट बाट नेपालगंज जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट  गाउँपालिका ३ आगरखोलामा दुर्घटना भएको हो ।

लु २ ख ५७३१ नम्बरको फोर्स आज दिउसो कपुरकोट नजिकै राप्ती राजमार्गमा दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय लुहामको प्रहरी चेक प्वाइन्टमा इन्ट्री भएअनुसार गाडीमा चालकसहित १६ जना सवार रहेका थिए ।

गाडी सडकबाट करिब २ सय मिटर तल खसेको अनमान गरिएको छ।  गाडीमा भएका अधिकांश घाइते भएको र केही गम्भिर घाइते भएको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले घटनास्थलमा उद्दार गरिरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रकाशित मिति: २०२३-०८-२१ , समय : १६:१४:३१ , १ महिना अगाडि