सल्यानपरिवेश संवाददाता , ५७७४ पटक हेरिएको

कसैले गाडि दुर्घटनामा ज्यान गुमाउनुपर्छ
कसैले बिरानो खाडिमा ज्यान गुमाउनुपर्छ
सुरक्षित यात्राको आसमा
आकाशमा उड्न खोज्नेहरु
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुर्छ
बिरामिहरु अस्पताल नपुग्दै
स्टेचरमा ज्यान गुमाउनुपर्छ
सन्तानको मुहार हेर्ने आसै आसमा
खुसिका पलहरुले श्रिङगार गरेर बसिरहेका बाआमा
अचानक मृत खबरले
मनमा गह्रौँ भारि बिसाएर
आँसुको तलाउमा पौडि खेल्नुपर्छ
श्रिमान् लाई शिरमा सजाएकि नारिको
सिन्दुर पोछिन्छ
श्रिमतिलाई मन मुटुमा सजाएर राखेका पुरुषको
मन मुटु फोडिन्छ
सानो बच्चो बाआमा भन्दै आधा रातमा कराउछ
घरिघरि टोलाएर गहिरो सोचाइमा हराउछ
आखिर सहाराविहिन शरिर न रहेछ
एक्कासि धड्कन रोकिन्छ
अनि अनायासै जलेर
घुवाँ बनि आकाश भरि छरिन्छ
बिन्दु चन्द ठकुरी
रुकुम पश्चिम
प्रकाशित मिति: २०२३-०८-२१ , समय : १७:०४:४८ , १ महिना अगाडि