२१ वर्षीय खड्काको जापान जाने सपना अधुरो भयो, बाइक दुर्घ’टनामा ज्यान गयो

Salyan Paribesh , ११९४  पटक हेरिएको

घोराहीको गोग्ली नजिकै सोमबार बिहान साढे ६ बजे भानपुर चोकमा दुई वटा वाईक एक आपसमा ठो’क्किदा भएको दुर्घट’नामा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा घोराही उपमहानगरपालिका कुइरेपानीका अन्दाजी २१ वर्षीय अर्जुन खड्का रहेको जिल्ला प्र’हरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।
दुबै मोटरसाइकल ठो’क्किए पछी घोराही तर्फ आउँदै गरेको मोटरसाइकलमा सवार खड्का उछिट्टिएर लमही तर्फ जाँदै गरेको टिप्परमा ठो’क्किएर गम्भी’र घा’इते भएको प्रहरी प्रमुख काफ्लेले बताए ।

घोराही देखि लमही जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । मृतक खड्का जापान जाने तयारिमा बिध्यालय जाँदै गर्दा दु’र्घ’टना भएका हुन । ग’म्भीर घा’इते खड्काको उपचारकै क्रममा मृ त्यु भएको उनको भनाई छ । टिप्पर चालकलाई प्र’हरीले नियन्त्रणमा लिई सकेको छ ।

मृ’तक खड्काका आफन्त लगायत स्थानीयले उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै बिहानै देखि घोराही लमही सडक अबरुद्ध पारेका छन । सडक अबरुद्ध हुँदा सैयौ सवारीसाधन बाटोमै रोकिएका छन । यता दाङका प्र’हरी प्रमुख काफ्लेका अनुसार पीडित पक्ष र सरोकार वालासंग छलफल भैरहेको भन्दै केही बेरमै सडक खुल्ने जानकारी दिए । दुर्घ”टनामा परेको टिप्पर र दुबै मोटरसाइकलको नम्बर खुल्न

प्रकाशित मिति: २०२२-०२-२२ , समय : ०८:५६:२७ , २ वर्ष अगाडि