सल्यानको आगरखोलामा दुर्घटना अपडेट दुई जनाको मृत्यु १४ जना घाइते

सल्यान परिबेश डट्कम , ३८८८  पटक हेरिएको

सल्यान / भाद्र, ४ – रुकुम पश्चिमको नुवाकोटबाट दाङ तर्फ जाँदै गरेको लु.२ ख.५७३१ नं. को हाईस सल्यानको कपुरकोट गाउँपालिका – ३ आगरखोला स्थित राप्ती राजमार्गमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

दुर्घटनामापरी मृत्यु हुनेहरुमा रुकुम पश्चिम सानोभेरी गाउँपालिका – ११ का ६० बर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका – २ का ३६ बर्षीय खुम बहादुर खत्री रहेका छन । उनीहरुको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा मृत्यु भएको हो ।

त्यस्तै घाइते हुनेहरुमा सल्यानको दार्मा गाउँपालिका – २ का ६० बर्षीय खिर्म खत्री, सोही ठाउँकि ४१ बर्षीय रुपा के.सी., रुकुम पश्चिमकि ४० बर्षीय बिमलादेवी पुन, सल्यानको दार्मा गाउँपालिका – २ थानागाउँका ५१ बर्षीय टिकाराम के.सी., उनका छोरा १८ बर्षीय मान बहादुर के.सी. रहेका छन ।

यसैगरी दार्मा गाउँपालिका – २ का रमेश के. सी., रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका – ७ कि ५० बर्षीय गौमती खड्का, रुकुमको सानोभेरी गाउँपालिका – ११ का २६ बर्षीय पुष्कर रसाईली, रुकुमको चौरजहारी नगरपालिका – १२ का ४६ बर्षीय पल बहादुर खड्का रहेका छन ।

अन्य घाइतेहरूमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका – १४ कि १८ बर्षी माया मगर सोही ठाउँकि १६ बर्षीय निर्मला राना, सल्यानको दार्मा गाउँपालिका – ५ कि १६ बर्षीय रमिता चन्द, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका – ११ का २० बर्षीय भुपाल बि.क. र सल्यानको दार्मा गाउँपालिका – १ किमटाकुराका ३२ बर्षीय ईन्द्र बहादुर के.सी. रहेका छन ।

घाइते मध्ये रुपा केसी, खिर्म खत्री, बिमलादेवी पुन र रमेश केसिको अवस्था गम्भीर रहेको र घाइते मध्ये ३ जनालाई नेपालगन्ज रिफर गरिएको साथै अन्य घाइतेहरूको दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो ।

गाडी सडक देखि करिब १५० मिटर तल खसेको थियो । गाडी चालक सल्यानको दार्मा गाउँपालिका – १ का २३ बर्षीय एक्क बहादुर चन्द (साहु आफै) फरार रहेका छ्न ।


प्रकाशित मिति: २०२३-०८-२१ , समय : २१:२९:२६ , १ महिना अगाडि