सल्यान परिबेश डट्कम , ४५४२ पटक हेरिएको

सल्यान / भाद्र, ४
रुकुम पश्चिमको नुवाकोटबाट दाङ तर्फ जाँदै गरेको लु.२ ख.५७३१ नं. को हाईस सल्यानको कपुरकोट गाउँपालिका – ३ आगरखोला स्थित राप्ती राजमार्गमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
दुर्घटनामापरी मृत्यु हुनेहरुमा रुकुम पश्चिम सानोभेरी गाउँपालिका – ११ का ६० बर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका – २ का ३६ बर्षीय खुम बहादुर खत्री रहेका छन । उनीहरुको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानले उक्त दुर्घटनाको कारण पत्ता लगाउन र भबिस्यमा हुने दुर्घटना न्यूनीकरण गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
स.प्र.जि.अ थमन खड्काको नेतृत्वमा यान्त्रिक कार्यालय दाङका स.प्र.जि.अ. रामानन्द चौधरी, सडक डिभिजन कार्यालय दाङका मे.ई. उज्वल झा, जिल्ला ट्राफिक कार्यालय सल्यानका प्र.ब.ना.नि कृष्णराज पन्त, र जिल्ला प्रहरी कार्यालय सल्यानका प्र.नि. भवानी प्रसाद धमला सदस्य-सचीव रहेको ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
प्रकाशित मिति: २०२३-०८-२१ , समय : २१:४६:१३ , १ महिना अगाडि