कपुरकोट गा.पा.को आ व ०७९/०८० को पालिकास्तरिय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सल्यान परिबेश डट्कम , ७५५४  पटक हेरिएको

सल्यान / भाद्र, ५ 

सल्यानको कपुरकोट गाउँपालिकाको आ व २०७९/०८० को पालिकास्तरिय वार्षिक समिक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको अध्यक्षतामा तथा पालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीको  विशेष उपस्थितिमा गाउँपालिका अन्तरगतका सम्पूर्ण कर्मचारीहरुकाे सहभागितामा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

विषयगत शाखा, सम्पूर्ण स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु लगायतको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । उक्त समिक्षा कार्यक्रममा साझेदारी निकायहरु तथा स्वास्थ्यका लागि सक्षम प्रणालीबाट समेत सहभागिता रहेको थियो ।


समिक्षा कार्यक्रमका विच आ व २०७९।०८० मा सबैभन्दा राम्रो सेवा प्रवाह प्रदान गरेकोमा कपुरकोट गाउँपालिका वडा नं ३ को धनवाङ्ग स्वास्थ्य चौकी प्रमाण पत्र सहित सम्मानित समेत भएको छ  ।


प्रकाशित मिति: २०२३-०८-२२ , समय : २२:४८:५३ , १ महिना अगाडि