गायक बज्राचार्य बाबु छोरी बने ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडर

सल्यान परिबेश डट्कम , २७४७  पटक हेरिएको

नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाइ इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी ‘स्मार्ट एक्सेस’ले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला ‘प्रोजेक्ट नजिक’अन्तर्गत अस्ट्रेलियाको साँगितिक टुरमा छन ।

‘स्मार्ट एक्सेस’ले बुधबार अस्ट्रेलियाको मेलबर्न स्थित आफ्नो अफिसमा एक कार्यक्रम बीच दीपक बज्राचार्य र उनकी छोरी चेरिसालाइ आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्ती गरेको हो ।

आजभन्दा करिब ९ वर्षअघि अस्ट्रेलियामा स्थापना भएको ‘स्मार्ट एक्सेस’ को अस्ट्रेलियामा बाहेक नेपाल,पाकिस्तान ,फिलिपिन्समा समेत कार्यालयहरू छन् ।


प्रकाशित मिति: २०२३-०८-२६ , समय : १६:०९:५८ , १ महिना अगाडि