एमाले नेता लोकबहादुर डाँगी एकिकृत समाजवादीमा, पार्टीद्वारा जिल्लाव्यापी अभियान सम्पन्न

Salyan Paribesh , ९६१  पटक हेरिएको

फागुन १०,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीमा एमालेका एक सय भन्दा बढि नेता तथा कार्यकर्ताको साथमा एमाले परित्याग गरी समाजवादीमा प्रवेश गरेको पार्टीजे जनाएको छ । मंगलबार सल्यान खलंगामा आयोजित शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरूले प्रवेश गरेका हुन ।
जिल्ला समन्वय समितीको सभाहलमा भएको पार्टि प्रवेश कार्यक्रममा नेकपा (एस) का उपमहासचिव प्रकाश ज्वाला र जिल्ला अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य उदय बोहराले खादा र माला लगाएर पार्टीमा स्वागत तथा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेहरुमा जिल्ला सदस्यहरु, खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगी लगायतका रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता डाँगीले एमाले पार्टी सहि भए पनि त्यस भित्रका व्यक्ति सित बिचार नमिलेर आफुले एमाले पार्टी छोडनु परेको बताए । एमाले प्राइभेट कम्पनीको रुपमा रहेको उनको आरोप रहेको छ । । अझै केही दिन पछि एमालेका अरु नेताहरुले पनि एमाले पार्टी छोडेर समाजवादी तिर आउने उनको दावी रहेको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सल्यानमा नगरपालिका स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण एवं राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहरालाई वधाई तथा सम्मान कार्यक्रमलाइ जिल्लाव्यापी सम्पन्न गरेको छ
आज खलंगामा नगरपालिका कमिटी अध्यक्ष कमरेड हेमेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख अतिथ्यताका साथै केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य कमरेड उदय बहादुर बोहराको विशिष्ट अतिथ्यता रहेकोथियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य भद्रसिह वुढा र शारदा परियार, पार्टीमा आजै प्रवेश गरेका नेता कमरेड लोक बहादुर डाङ्गी, केन्द्रीय परिषद सदस्य कमरेड हरि केसी, केन्द्रीय सल्लाहकार परिषद सदस्य दामोदर शर्मा र टोप बहादुर चन्द लगायतले सम्बोधन गरेका थिए ।
नेताहरू रामकुमार खड्गी, रमेश गौतम, भोला केसी, यौवन श्रेष्ठ, ज्ञानेश्वर केसी, टोप बहादुर थापा, भिउसन नेपाली, इश्वरी बुढाथोकी, वुद्धा केसी, राजेश बिक र विजय सिंह लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।
नगर सचिव नवराज बुढाथोकीले संचालन गरेके कार्यक्रममा उपाध्यक्ष रोम प्रकाश थापाले स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०२२-०२-२२ , समय : १७:०५:५६ , २ वर्ष अगाडि