सल्यान परिवेश डट्कम , २६२४ पटक हेरिएको

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिक आईरहँदा पनि यी तीज गीतहरुको भिडमा बाजी मार्ने हिम्मतका साथमा कलाकार आर के कुमार शाहीले भर्खरै मात्र आफ्नो प्रस्तुतिमा लोक दोहोरी गीत “जुरेली टूप्पैमा” बोलको गीत सार्बजनिक गरेका छन् ।
निकै रोमान्चक स्वादमा तयार भएको गीतमा राज शाही र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने उदेस्यका साथमा उदाएका कलाकार आर के निकै प्रतिभावान कलाकार हुन् ।
उनले यस गीतलाई अशंख्य श्रोता तथा दर्शक हरुले मन परईदिनु भएका आगामी दिनमा यस क्षेत्रलाई नै आफ्नो कर्मभूमि बनाउने लक्ष बोकेका छन् ।
प्रस्तुत गीतलाई लय शब्द राज शाहीले तयार परेका हुन् । “जुरेली टूप्पैमा” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा आर के कुमार शाही अन्जली अधिकारी र शिशिर बुढाथोकीको आकर्षक अभिनय देख्न सकिन्छ ।
मोडल ३ मध्य शिशिर बुढाथोकीले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतको म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसकेका छन् । उनै शिशिरको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई छायांकन दिपक गिरीले गरेका हुन् भने सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई बुढासुब्बा डिजिटल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
प्रकाशित मिति: २०२३-०८-२९ , समय : १६:५७:२७ , ४ हप्ता अगाडि