सल्यान परिवेश डट कम , ३०१० पटक हेरिएको

शेयर बजारको चमक दिन प्रतिदिन हराउँदै जान थालेको छ। सामान्यतया अर्ब रुपैयाँ भन्दा बढी कारोबार हुँदै आएको बजारमा दुई दिन यता कारोबार रकम स्वाट्टै घटेको छ।
सोमबारबाट करोडमा खुम्चिएको कारोबारले मंगलबार पनि निरन्तरता पायो। सोमबार एक सय चार दिन यताकै न्यून कारोबार भयो। गत जेठ तीन गते दोस्रो बजारमा ८५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। त्यस यता मंगलबार ८६ करोडको कारोबार भएकाे हाे ।
मंगलबार कारोबार रकमसँगै सूचक समेत घट्यो। ५.०५ अंकले सूचक घटेर १९९३.४२ अंकमा ओर्लिएको छ। मंगलबार कारोबारमा आएका १४४ कम्पनीको शेयर मूल्य घटेका कारण पनि सूचकमा धक्का लागेको हो। सूचकमा ठुलै धक्का नलागे पनि कारोबार रकमले भने शेयर बजार सुस्ताउँदै गएको पुष्टि गर्छ।
प्रकाशित मिति: २०२३-०८-२९ , समय : १९:१९:३३ , ४ हप्ता अगाडि